नियम १२१
पेश्की भुक्तानी र फछ्र्यौट गर्ने व्यवस्था
(१) बोलपत्र सम्बन्धी कागजात र खरिद
सम्झौतामा आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदातालाई यस
नियम र बोलपत्र सम्बन्धी कागजातमा व्यवस्था भए बमोजिम पेश्की दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको पेश्की दि“दा स्थानीय निकायले खरिद सम्झौता
रकमको वीस प्रतिशत भन्दा वढी हुने गरी दिनु हुदैन ।
(३) उपनियम (१) बमोजिम पेश्की दिंदा आपूर्तिकर्ता, निर्माण व्यवसायी,
सेवाप्रदायक वा परामर्शदाताबाट त्यस्तो पेश्कि रकम खाम्ने गरी र निजले सम्झौता
बमोजिम काम नगरेमा सो निकायले अनुरोध गर्ने बित्तिकै त्यस्तो निकायलाई भुक्तानी
गर्नेे गरी बाणिज्य बैड्ढबाट जारी भएको बैड्ढ जमानत लिई पेश्की दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको बैड्ढ जमानतको मान्य अवधि खरिद सम्झौतामा
उल्लेख भएको पेश्की फछ्र्यौट गर्नु पर्ने अवधि भन्दा कम्तीमा एक महिना बढी
अवधिको हुनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम दिएको पेश्की खरिद सम्झौतामा उल्लेख भए
बमोजिम तीस प्रतिशत भुक्तानी पश्चात्को प्रत्येक रनि· बील वा अन्य बील
बीजकबाट पेश्की दिएको प्रतिशतको दुई गुणाको दरले कट्टा गर्नु पर्नेछ र सम्झौता
रकमको असी प्रतिशत भुक्तानी हु“दासम्म पूरै पेश्की फछर्यौट हुनु पर्नेछ ।
(६) आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताले खरिद
सम्झौता बमोजिमको काम त्यस्तो सम्झौतामा उल्लिखित समयावधिभित्र सम्पादन
नगरेको कारणले यस नियम बमोजिमको पेश्की फछ्यौट हुन नसकेमा स्थानीय
निकायले उपनियम (३) बमोजिमको बैड्ढ जमानतको रकम सम्बन्धित बैड्ढबाट प्राप्त
गरी पेश्की फछ्र्यौट गर्नु पर्नेछ र निजबाट त्यस्तो पेश्की रकमको सयकडा दश
प्रतिशत ब्याज समेत असूल उपर गर्नु पर्नेछ ।
(७) कुनै स्थानीय निकायले प्रतितपत्रद्वारा मालसामान झिकाउ“दा आÇनो
कार्यालयमा मालसामान प्राप्त भएको मितिले तीस दिनभित्र प्रतितपत्र खोलेको पेश्की
रकम फछ्र्यौट गर्नु पर्नेछ ।
(८) मालसामान उपलब्ध गराउने सम्बन्धित आपूर्तिकर्ताबाट मालसामान
उपलब्ध हुन नसकेकोमा वा मालसामान उपलब्ध गराउन निर्धारित समयभित्र
मालसामान प्राप्त हुन नसकेमा साधारणतया प्रतितपत्र रद्द गर्नु पर्नेछ र सो बापत
बैड्ढमा जम्मा भएको रकम फिर्ता लिई प्रतितपत्र खोलेको पेश्की रकम फछ्र्यौट गर्नु
पर्नेछ ।